समाज

विवाह, व्रतबन्ध गरे कारबाही !

डोटी- वैशाख आउदैछ। हिन्दु धर्मावलम्बीहरुले वैशाख महिना विवाह तथा व्रतबन्धको महिनाको रुपमा उपयोग गर्छन्। त्यसैले थुप्रैले वैशाख कुरेर बसेका हुन्छन्। तर, यो पटकको वैशाखमा डोटीको जोरायल गाउँपालिका–२ मा भने विवाह तथा व्रतबन्ध गरे कारवाही हुने भएको छ।

वडाकार्यालयले शुक्रबार एक सार्वजनिक सूचना जारी गरी ‘विवाह, व्रतबन्ध, मेला, भोजभतेर’ गर्न पूर्ण बन्देज गरेको जनाएको छ। अर्को सूचना जारी नभएसम्मका लागि यस्ता कामहरु बन्देज गरेको उल्लेख गर्दै सूचनामा यो नियमको पालना नभए नियमअनुसारको कारबाही गरिने जनाएको छ।

‘वैशाखामा विवाह, व्रतबन्ध व्यापक हुने। जसमा ठूलो भीड लाग्ने हुन्छ,’ वडाध्यक्ष मानबहादुर मल्लले भने,‘त्यसबाट कोभिड–१९को संक्रमणको जोखिम उच्च हुने भएकाले यस्तो निर्णय गरेका हौ।’

प्रकाशित: २८ चैत्र २०७६ ०९:५९ शुक्रबार

विवाह कारबाही हिन्दु_धर्मावलम्बी