समाज

कोरोनाको जेनेटिक गुण र शक्ति त्रिविले अध्ययन गर्ने

काठमाडौं - विश्व महामारीको रुपमा फैलिइरहको कोभिड–१९ नेपालमा पनि प्रवेश गरिसकेको परिप्रेक्ष्यमा यसले भावी दिनमा पुर्‍याउन सक्ने अकल्पनीय मानवीय क्षति तथा सन्त्रासलाई मध्यनजर राखी त्रिभुवन विश्वविद्यालयले आफना अनुसन्धान केन्द्रहरुबाट विज्ञहरुको सहयोगमा कोरोनाको जेनेटिक गुण, शक्ति र प्रभावबारे अध्ययन गर्ने निर्णय गरेको छ। 

विश्वविद्यालयको उपकुलपति प्राडा धर्मकान्त बासकोटाले बुधबार त्रिविले गरेको तीन बुँदे निर्णय विश्वविद्यालय अन्र्तगतका सबै अनुसन्धान केन्द्रहरुमा कार्यन्वयनको लागि निर्देशन समेत दिइ सकेको जनाए। उनले कोरोनाको प्रभाव  चीन , अमेरिका र युरोप किन बढी र   भारत र  नेपाल लगाएतका मुलुकहरुमा किन कम रहेको बारे मुख्य रुपमा अध्ययन त्रिविले गर्ने त्रिवि र सरकारसँग सहकार्य भएको जनाए। ‘त्रिविले तत्काल सुरु गर्ने अध्ययनमा कोरोनाको अन्तरनिहित गुण,शक्ति र त्यसका प्रकार रहेको छ भने युरोप, अमेरिका, चाइजना लगाएता शक्तिशालि राष्ट्रमा किन कोरानाको बढी प्रभाव र नेपाल, भारत लगाएतका देशमा किन कम प्रभावबारे अध्ययन गर्ने छ,’ उपकुलपति बासकोटाले नागरिकसँग भने ‘हाम्रा  चार वटै अध्ययन केन्द्रहरुबाट शैक्षिक क्षती त्यसको दुरगामी प्रभाव र त्यसको ब्यवस्थापन, आर्थिक क्षति र दुरगामी प्रभाव र त्यसको ब्यवस्थापन तथा बैज्ञानिक उपकरणबारे अध्ययन अनुसन्धान गरीने तयारी त्रिविको छ।

’ उनले थपे ‘यी विषयहरुमा अध्ययन गर्न हाम्रा अनुसन्धान केन्द्रहरुकै प्रध्यापक तथा विज्ञहरु खटाइन्छ। त्रिविले अध्ययन गरि सरकारलाई बुझाएको प्रतिवेदन नितिगत तहमा निति तर्जुमा गर्न सहयोग पुग्ने छ।’उनका अनुसार त्रिविले गरेको तीन बुँदे निर्णयमा कोभिड १९ रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा, स्थगन गरेको पठनपाठन , परीक्षा सम्बन्धमा र कोरोनाद्धारा नेपालमा सृजित हुने अल्पकालीन तथा दुरगामी प्रभाव सम्बन्धमा अध्ययन अनुसन्धान गर्ने भएको हो। जुन राज्यको नीतिगत निर्णयमा महत्वपुर्ण सहयोग गर्ने दाबी उपकुलपति बासकोटाको छ। 

कोभिड–१९को विश्वव्यापी महामारीले नेपालको सामाजिक, आर्थिक, शैक्षिक, मनोवैज्ञानिक तथा मानवीय क्षेत्रमा अन्पकालीन र दीर्घकालीन रुपमा केकस्ता असरहरू पुर्‍याउन सक्दछ ? विश्वविद्यालय मातहत रहेका अनुसन्धान केन्द्रहरू मार्फत् त्यसको गहिरो अनुसन्धान गरि त्यसबाट प्राप्त निष्कर्षहरूलाई नेपाल सरकारले भावी नीति निर्माणमा उपयोग गर्न तथा त्रिभुवन विश्वविद्यालयले खेल्ने भूमिकाको स्पष्ट दिशावोध गराउनका लागि निम्न केन्द्रीय विभाग तथा अनुसन्धान केन्द्रहरूलाई  अनुसन्धान गर्न बिहिबारदेखिनै जिम्मा दिने निर्णय गरिएको उनले जनाए।  

‘माइक्रोवायोलोजी, वायोटेक्नोलाजी र भौतिकशास्त्र विभागलाई नेपालमा पाइएको कोभिड १९को अनुसन्धान कार्य गर्ने जिम्मा दियो,’ उपकुलपति बासोटाले त्रिविको निर्णय सुनाए ‘कोभिड–१९ ले नेपालको अर्थतन्त्रमा पुर्‍याउने प्रभाव सम्बन्धी अनुसन्धानको जिम्मा आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द सेडालाई जिम्मेवारी दिएको छ।’ यसैगरी त्रिविको निर्णयमा  कोभिड–१९ ले नेपालको सामाजिक तथा मानवीय क्षेत्रमा पुर्‍याउने प्रभाव सम्बन्धी अनुसन्धानको जिम्मा नेपाल र एसियाली अनुसन्धान केन्द्र सिनासलाई दिने निर्णय गरेको छ। भावी दिनमा यस्ता महामारीले पुर्‍याउने क्षती न्युनिकरण गर्न के कस्तो बैज्ञानिक उपकरणहरूको आवश्यकता पर्ने हो सोको अनुसन्धानको जिम्मा व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र रिकास्टले अध्ययन गर्ने जिम्माल पाएको छ।

नेपालमा सृजित हुने अल्पकालीन तथा दुरगामी प्रभाव सम्बन्धमा अध्ययन अनुसन्धान गर्ने भएको हो। जुन राज्यको नीतिगत निर्णयमा महत्वपुर्ण सहयोग गर्ने दाबी उपकुलपति बासकोटाको छ।

लामो समयसम्म पठनपाठन परीक्षा अवरुद्ध हुँदा के कस्ता पठनपाठन विधि र पद्धति अवलम्बन गरेर शैक्षिक क्यालण्डर नियमित र व्यवस्थित गर्न सकिन्छ भने लगायतका शैक्षिक गतिविधिको अनुसन्धानको जिम्मा शिक्षा विकास तथा अनुसन्धान केन्द्र सेरिडलाई दिएको छ। उपकुलपति बासकोटाका अनुसार अध्ययन अनुसन्धानका लागि थप बजेट सरकारले ब्यवस्था गर्ने छ। सेरिडका कार्यकायरि निर्देशक सुरेन्द्र गिरीले राज्यलाई आवश्क पर्ने सबै क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने स्रोत, साधन र जनशक्ति विश्वविद्यालयसँग भएको बताउँदै उनले भएकै बजेटबाट समेत अध्ययन गरिने जनाए। ‘हामीले सरकारी तलब खाएकै छौं , तर अनुसन्धान केन्द्रहरुमा काम थिएन,’ निर्देशक गिरीले भने ‘राज्यलाई परेको वेला हामी अनुसन्धानकर्ताहरु सम्पुर्ण ताकत लगाएर सहयोग गर्न तयार छौं। ’ उनले थप् ‘बिश्वविद्यालयबाट निर्देशन आएको छ। अध्ययनलाई पैसाले रोक्दैन। हामी विश्वको अवस्था अध्ययन गरी आफनो अनुभव समेटेर अघि बढ्ने छौ।’ 

यति मात्र होइन त्रिभुवन विश्वविद्यालयका भौतिक संरचना, उपकरणहरू आरटि पिसिआर मेसिन आवश्यक जनशक्ति समेत सरकारलाई उपलब्ध गराउने प्रतिवद्धताको पत्र चैत्र १० गते नै नेपाल सरकारलाई लेखिपठाएको छ।विश्वविद्यालयका कर्मचारी, प्राध्यापक तथा सबै पदाधिकारीहरूले व्यक्तिगत रुपमा आफ्नो पारिश्रमिकको निश्चित दिनको रकम सरकारको कोभिड–१९  नियन्त्रण कोषमा दाखिला गर्ने निर्णय लिएको। नेपालमा पाइएको कारोना भाइरसको बारेमा विस्तृत अनुसन्धान गर्न र त्यसलाई छिमेकी मुलुकमा र पश्चिमा मुलुकमा फैलिएको कोरोना भाइरस सँग तुलना गरि भविश्यमा यसको लागि स्थिर विधि पत्ता लगाउन विश्वविद्यालयका सम्बन्धित केन्द्रीय विभागहरूलाई निर्देशन दिइएको ।

 स्थगन गरिएको पठनपाठन र परीक्षा सम्बन्धमा 
डीन र विभागीय प्रमुखहरूको समन्वय तथा शिक्षक र विद्यार्थीहरूको सहमतिमा संभव भएसम्मका स्तानकोत्तर वा सोभन्दा माथिल्लो तहका पठनपाठनहरू तुरुन्तै वैकल्पिक शिक्षण विधि अनलाइनबाट  शुरु गर्ने , अनलाइन माध्यमबाट पठनपाठन गर्दा आवश्यक पर्ने पूर्वाधार विकास, प्राध्यापकहरूलाई चाहिने अभिमुखिकरण तालिम, सहज तथा द्रुत इन्टरनेट उपलब्धताको लागि विश्वविद्यालयले स्रोतको खोजी गर्ने,  अनलाइन माध्यमबाट पठनपाठन गर्न आवश्यक पर्ने नीतिगत निर्णय प्रकृयागत रुपमा अगाडि बढाई निर्णय भएको छ। यसैगरी अनलाइन माध्यमबाट पठनपाठन गर्न असंभव भएका वा पूर्वाधार नपुगेका वा प्रयोगात्मक कक्षाहरू पठनपाठन शुरु हुने वित्तिकै अतिरिक्त कक्षा सञ्चालन गरी पूर्णता दिने र स्थगन गरिएका परीक्षाहरू लकडाउनको अन्तपछि सहज वातावरण सिर्जना भएपछि क्रमशः नयाँ परीक्षा तालिका बनाई सञ्चालन गर्ने निर्णय गरिएको छ। सेरिडका निर्देशक गिरीले अबको युगनै डिजिटल भएकोले त्रिविले पनि अनलाईन पठनपाठन सुरु गर्न तयारी अघि बढाएको बताए। 

प्रकाशित: २८ चैत्र २०७६ ०८:४५ शुक्रबार

महामारी मानवीय_क्षति अनुसन्धान