समाज

काठमाडौंमा बस्ने कर्णालीबासीलाई महतले गरे खाद्यान्‍न सहयोग

काठमाडौं – नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले काठमाडौंमा रहेका र खाद्यान्‍न अभाव भएका कर्णालीबासीलाई खाद्यान्‍न सहयोग गरेका छन् । 

काठमाडौंमा कोठा भाडामा बस्दै आएका कर्णालीबासीलाई खाद्यवस्तुको अभाव भएपछि १५ बोरा चामल र एक हजार थान मास्क उपलब्ध गराएको उनका सहयोगी अनुराग शाहले जानकारी दिए । 

सरकारले खाद्यवस्तु अभाव भएकाहरुलाई खाद्यवस्तु उपलब्ध गराउने भनेर राहत प्याकेज ल्याए पनि राजधानीमा बसिरहेका कर्णालीबासीले अहिलेसम्म राहत नपाएको गुनासो  गरेपछि कांग्रेस सहमहामन्त्री महतले राहत उपलब्ध गराएको उनका सहयोगी शाहले जानकारी दिए ।

प्रकाशित: २६ चैत्र २०७६ १०:०७ बुधबार

कर्णालीबासी खाद्यान्‍न_सहयोग  लकडाउन