समाज

निलो प्लेटको गाडी चढेर संकटमा कालोबजारी

काठमाडौं- शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक  सुलभ अग्रवाल कालोबजारी आरोपमा पक्राउ परेका छन्। त्यो पनि कुटनीतिक निगोगको सवारी सधान प्रयोग गरेर कालोबजारी गरेको अवस्थामा। महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई नक्सालबाट पक्राउ गरेको हो। कीर्गिस्तानमा अवैतानिक महावाणिज्य दूत समेत रहेका २०९८ सीसी वान नम्बरको निलो प्लेटको गाडी प्रयोग गरेका थिए। 

उनको निलो प्लेटको गाडिबाट प्रहरीले ६७ थान ज्वरो नाप्ने थर्मल गन बरामद गरेको छ। पाँच हजार पर्ने थर्मल गनलाई उनले १५ देखि २० हजारमा बेच्ने गरेको प्रहरीले बताएको छ। प्रहरी स्रोतका अनुसार नक्सालमा उनी ति थर्मल गन विक्रीको लागि पुगेका थिए। निलो प्लेटको सवारीलाई कुटनीतिक उन्मुक्तिको सुविधा हुने कुरा उनले बुझेका थिए। तर आतबारदेखि नै उनको कालोबजारीबारे जानकारी पाएको प्रहरीले अग्रबाललाई रंगेहात पक्राउ गरेको हो।

शंकर ग्रुपले शनिबार चीनको ग्वान्झाओबाट ७ टन स्वास्थ्य सामग्री भित्र्याएको थियो। यस अघि स्वास्थ्य सामाग्रीको कारोबार नगर्ने कम्पनिले संकटको मौका छोपेको थियो।

महानगरीय प्रहरी अपराध महाशाखाका एसपी मुकेश सिंहले यो बाहेक उनीसँग थप थर्मल गन रहेको प्रहरीले सूचाना पाएको बताए। उनको अहिले महाशाखामा बयान भइरहेको छ। उनलाई कालोबजारी ऐन अनुसार कारबाही चल्ने छ।

शंकर ग्रुपले शनिबार चीनको ग्वान्झाओबाट सात टन मेडिकल सामग्री ल्याएको थियो। मेडिकल सामाग्री लिन गएको नेपाल एयरलाइन्सको विमानमा शंकर ग्रुपले पनि सामान ल्याएको थियो। विमानमा २२ टन सामान आउने भनिए पनि जम्मा ७.५  टन सामान आएको थियो।

 

प्रकाशित: २५ चैत्र २०७६ १०:१६ मंगलबार

कालोबजारी कोरोना_भाइरस पक्राउ