समाज

भारतबाट भित्रिए खाद्य र ग्यास बोकेका गाडी

जनकपुरधाम - लकडाउनका अवधिमा आपूर्ति सहज बनाउनका लागि भारतबाट आवश्यक खाद्य सामग्री र इन्धन बोकेका करीब दुई सय गाडी भित्रिएको छ।

पर्सास्थित वीरगञ्ज एकीकृत सुख्खा बन्दरगाहबाट तरकारी र फलफूल बोकेका २०  गाडी, पेट्रोलियम पदार्थ बोकेका ७०  ट्याङकर, खाना पकाउने एलपिजी ग्यासका ५३  र मालवाहक ट्रक १७  भित्रिएको प्रदेश नं २ सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिए।

सोही नाकाबाट रिफाइन तेल बोकेका १४ गाडी र तीन  कन्टेनरका साथै महोत्तरी जिल्लाको नाका भएर तीन मालवाहक ट्रक पनि भित्रिएको उनले बताए। रासस

प्रकाशित: २४ चैत्र २०७६ ०६:५५ सोमबार

लकडाउन खाद्य_सामग्री आपूर्ति