समाज

सबै नेपाली मेरो परिवार

कोरोना भाइरस ‘कोभिड १९’ ले विदेशका केही देशमा धेरै मानिसको ज्यान गइसकेको अवस्था थियो। नेपालमा भने सबैजना निडर भएर आ–आफ्नो काम गरिरहेका थिए। यद्यपी सबैतिर कोरोनाको आतंक फैलिएको थियो। निकै हल्ला चलिरहेको थियो। सरकारले चैत ५ गतेसम्ममा सबै विद्यालयलाई कक्षा ९ सम्मका वार्षिक परीक्षा सक्न निर्देशन दियो। विद्यालयहरूले हतारहतार परीक्षा सक्नु पर्ने भयो। म पनि आधारभुत तहको परीक्षा हतारमै दिन बाध्य भएँ। यसबाट मैले आफुले वर्ष दिनसम्म सिकेको ज्ञान जतिबेला पनि प्रयोग गर्न सक्नु पर्दोरहेछ भन्ने सिकें।

विद्यालयको परीक्षा सकिए पछि एक वर्षसम्म पढेर थाकेको दिमागलाई साथीहरूसँग घुमेर मज्जा लिन नपाउँदाको पीडालाई स्वीकार गर्न सिकें। जब एसइई परीक्षा कोरोनाका कारणले स्थगित भयो तब आम नेपालीमा एक किसिमको त्रास उत्पन्न भयो। त्यसको केही दिनमै सरकारले लकडाउन नै घोषणा ग¥यो।

मुलुक नै लकडाउन भएपछि हामी सबै एकान्त बासमा बस्न बाध्य भयौं। यतिबेला हरपल, हरक्षण परिवारसँगै बस्न पाएका छौं। हरेक अभिभावक आफ्ना सन्तानप्रति जिम्मेवार र मायालु हुन्छन्। हाम्रा अभिभावकहरू हाम्रो भबिश्य सुनौलो बनाउन खटिइन्छन्। उहाँहरूको आँखामा हाम्रै सपना हुन्छन्। दिनरातै परिवारसँग हुँदा घर, परिवार, आफन्त, समाज र सिँगो मुलुकलाई चिन्ने अबसर मिल्यो।

कोरोना आतंकबाट एकजना मात्र बाँचेर पुग्दैन। सिँगो समाज, सिँगो देश र सिँगो संसारलाई बचाउनु पर्नेछ। कोरोनाको कारण लकडाउनमा परिवारसँग बसेका बेला सिकेकी छु कि नेपाल र नेपाली त मेरो घर र परिवार हो।

लकडाउन फेरि लम्बिएको छ। घरमा भएका सबै खानेकुरा सकिए पछि  नुने जाउलो खानु पर्दा सिकें हामीले मिठो भोजन मात्र खोज्न नहुने रहेछ, जस्तो अबस्थामा पनि जिउन सिक्नु पर्ने रहेछ !

लकडाउनका कारण गरिब दाजुभाई, दिदीबहिनी र आमाबुबाहरूले खान नपाएको पीडादायी समाचार विभिन्न सञ्चारमाध्यमबाट देख्नु र सुन्नु पर्दा त्यहीँ पुगेर सहयोग गर्न पाए हुन्थ्यो भन्ने मनमा लाग्छ। तर, त्यसरी सहयोग गर्न सम्भव छैन। उहाँहरूको नजिक बस्नेहरूले मन खोलेर सहयोग गरिदिए हुन्थ्यो भनेर आग्रह गर्न चाहन्छु। हामी जो जहाँ छौं त्यहीँ सहयोग गरौं। 

लकडाउनले सिकाएको छ कि हामी एकलेअर्कालाई सहयोग गर्नु पर्छ। हामीले बाहिरी लुगा सफा लगाएर मात्र हुँदैन मन पनि सफा गरेर यो धर्तिको र सम्पूर्ण मानव जातिको भलो चिताउनु पर्छ। सबैलाई सहयोग गर्नु पर्छ।  

(कक्षा–८, सैनिक आवासीय महाविद्यालय सल्लाधारी, भक्तपुर)

 

प्रकाशित: २१ चैत्र २०७६ १२:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App