समाज

कोराना कहर: झोलुङ्गे पुलमा ढुंगाको बार

जुम्ला - कोराना भाइरसको संक्रमण फैलन जुम्लाको सापुल्ली गाउँहुदै ताम्ती टोप्ला हुदै जाजरकोट जाने सडकमा निर्माण भएको झालुङ्गे पुलमा ढुंगाको बार लगाइएको छ। स्थानीयले एक गाउँबाट अर्को गाँउमा आवतजावत नहोस र भारतबाट आएका नागरिकले जान नपाउन भन्नका लागि ढुंगाको बार लगाइएको स्थानीय बताउँछन्।

पुलमा ढुंगाको बार लगाएपछि आवतजावत ठप्प भएको छ। त्यो पुलमा मोटरसाइकल आवतजावत हुदै आएका थिए। मान्छेहरुको आवतजावत पनि निकै बुढि  भइराखेको थियो। लकडाउन खुले संगै पुलमा थुप्रिएको ढुंगा हटाउने स्थानीयको तयारी छ।  तिला गाउँपालिका ४ सापुल्ली गाउँका स्थानीयले पुलमा ढुंगाको बार लगाएर लकडाउनको पुर्ण पालना गरेका हुन्।

अहिले एक गाउँबाट अर्को गाउँमा जान निषेध गरिएको छ। कोराना बिरुद्धको सचेतना फैलाउन गाउँ पुगेको जनप्रतिनिधिको टोली संग स्थानीयले कोराना भाइरस पस्न नदिनको लागि हदै सम्मको उपाय अबलम्वन गर्नु पर्नेमा जोड दिएका थिए। उनीहरुले गाउँमा प्रवेश गर्दा अनिवार्य स्वास्थ्य सहायता केन्द्रमा गएर चेकजाँच गराउनु पर्ने, भारत तथा खाडीमुलुकबाट आएकाहरु अनिवार्य निगरानी केन्द्रमा बसेको हुनु पर्ने बताएका थिए।

अहिले सहरमा सरकारको लकडाउनले सुनसान भएपनि गाउँमा आफ्नै प्रकारको नियम छ। गाउँमा बाहिरको व्यक्ति ओहोरदोहार गर्न नदिने तर गाउँमा एकलौटी खेतिकिसानीको काम गरिरहेका छन्। विहान हलो बोकेर खेतिपातीमा जाने गरेका स्थानीय साँझ घरफर्किन्छन् । तर गाउँमा जमघट हुन दिइएको अवस्था छैन्।

 

प्रकाशित: २१ चैत्र २०७६ ०६:५६ शुक्रबार

कोराना_कहर झोलुङ्गे_पुल बार