समाज

प्रदेश २ मै कोरोना परीक्षण सुरु

प्रादेशिक अस्पताल जनकपुरमा जडान गरिएको कोरोना परीक्षण प्रयोगशालाको निरीक्षण गर्दै समाजिक विकास मन्त्री नवलकिशोर साह। तस्विरःनागरिक

लहान - कोरोना भाइरस(कोभिड–१९) को नमुना परीक्षण शुक्रबारदेखि प्रदेश २ को प्रादेशिक अस्पताल जनकपुरमा सुरु भएको छ। संघीय सरकारले उपलब्ध गराएको पोर्टेबल पीसीआर मेसिन जडान भएसँग कोरोनाको परीक्षण प्रदेश २ मा सुरु भएको हो।

प्रादेशिक अस्पताल जनकपुरधाममा जडान गरिएको परीक्षण प्रयोगशालाको सामाजिक विकास मन्त्रि नवल किशोर साहले निरीक्षण गरेपछि परीक्षण सुरु भएको हो। निरीक्षणको क्रममा मन्त्री साहले भने,‘प्रयोगशाला संचालन भएपछि प्रदेशका जनतालाई थोरै भएपनि राहत हुनेछ। सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल, नारयणी अस्पताल विरगंजमा पनि प्रयोगशाला परीक्षण छिटै सुरु हुने, उनले बताए।

यी दुई स्थानमा प्रयोगशाला सुरु गर्न चाहिने उपकरण खरिदका लागि प्रक्रिया अघि बढाइसकिएको उनले भने। कोरोना भाईरस बिरुद्धको लडाईमा अग्रमोर्चामा रहेर उपचार गर्ने सवास्थ्यकर्भीहरुले उच्च मनोबलका साथ काम गर्नुपर्छ उनले भने,‘उहाँहरुको साथमा सरकार छ।’ कोरोना विरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई २५ लाखको विमा गरिएको छ। सँगै, चिकित्सकको हकमा तलबको १००५, प्राविधिकको हकमा ७५५,र अन्य कर्मचारी हकमा ५०५ भता बढाईएको मन्त्री साहले बताए। यस प्रयोगशालामामा जडान गरिएको मेसिनले एक घण्टामा एउटा नमुना परीक्षण गर्ने माइक्रमेबायोलोजिष्ट सुरेन्द्र मधुपले बताए।

प्रदेश २ मै कोरोना परीक्षण सुरु भएपछि काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ। जिल्लाबाट कोरोना शंकास्पद बिरामीको नमुना परीक्षणका लागि नमूना संकलन गरी काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाउने गरिन्थ्यो। नमुना पठाएको झन्डै एक हप्तादिनमा रिपोर्ट आउने गरेको थियो।

 

प्रकाशित: २१ चैत्र २०७६ ०६:५० शुक्रबार

कोरोना_परीक्षण प्रदेश_२