समाज

बुढीगंगा नदीमा डुबेर बालिकाको मृत्यु

बाजुरा- बुढीगंगा नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुढीगंगा नगरपालिका १ अम्कोट घर भएका करण नेपालीकी वर्ष ८ की विनिता नेपाली रहेकी छन्। चिनेचौर क्षेत्रमा गोरु चराउन गएको बेला पानी खानेक्रममा डुबेर मृत्यु भएको स्थानीय पुष्पा पाध्यायले जानकारी दिएकी छन्।

दिउँसो २ नदीमा डुबेकी नेपालीको शव साँझ ५ बजेतिर पैमाको पहिरोले ताल पारेको द्धवारीमा भेटिएको हो। विनिता नेपालीसँग उनकै उमेरका अरु साथीहरु पनि थिए। सँगै गएकाहरुले नै आफन्तलाई डुबेको जानकारी गराएका थिए। शव उद्दार गरि आफन्तले जिम्मा लिएको प्रहरीले बताएको छ।

प्रकाशित: २० चैत्र २०७६ १२:२७ बिहीबार

बुढीगंगा_नदी बालिका