समाज

ओम्नी समूहसँगको स्वास्थ्य सामाग्री खरिद सम्झौता रद्ध

काठमाडौं-  सरकारले मेडिकल सामाग्री खरिदको लागि गरेको सम्झौता रद्ध गरेको छ। स्वास्थ्य सेवा विभागले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग सम्झौता गरेको थियो।

उक्त समूहले पहिले पटक ल्याउने भने अनुसारका सामान नल्याएको र दोस्रो पटकका लागि पनि सामान ल्याउन नसकेको भन्दै सम्झौता रद्ध गरिएको हो।

साथै ५ करोड रुपैयाँ धरौटी पनि जफत गरेको विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले बताए।

प्रकाशित: १९ चैत्र २०७६ ११:०४ बुधबार

कोरोना_भाइरस कोभिड_१९ स्वास्थ्य_समाग्री