समाज

नर्सलाई डेराबाट निकाल्ने वडा सचिव पक्राउ

दाङ- कोरोना संक्रमण हुन सक्ने भन्दै नर्सलाई डेराबाट निष्काशन गरेका वडा सचिव पक्राउ परेका छन्। सचिवको घरमा डेरा गरि बस्दै आएकी नर्स सृजना खड्काका कारण कोरोना संक्रमण हुन सक्ने भन्दै खड्कालाई डेराबाट निष्काशन गरेका घोराही उपमहानगरपालिका वडा नम्बर २ का वडा सचिव नारायण आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

‘स्टाफ नर्सलाई डेराबाट निकालेको खवर आएपछि वडा सचिव आचार्यलाई नियन्त्रणमा लिएका हौँ,’ जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख, एसपी जनक भट्राईले भने ‘घटना बारे आवश्यक छानवीन गरि दोषी भए कारवाही प्रकृया अगाडी बढाईने छ।’ घोराहीस्थित बुद्ध ईन्टरनेशनल हस्पिटलमा कार्यरत नर्स खड्का गत मंसिरदेखि आचार्यको घरमा डेरा गरि बस्दै आएकी थिईन्।

हस्पिटलमा बिरामीसंगको सम्पर्कका कारण नर्स खड्का मार्फत कोरोना संक्रमण फैलन सक्ने भन्दै आचार्यको परिवारले कि अस्पतालबाट बिदामा बस्न वा डेरा छोड्न दवाब दिएका थिए। अस्पतालले विदा नदिने भएपछि खड्काले डेरा छोड्नु परेको थियो। उनी अहिले होटेलमा बस्दै आएकी छन्।   

 

 

प्रकाशित: १८ चैत्र २०७६ १०:४९ मंगलबार

काेराेना काेभिड_१९ संक्रमण_जाेखिम