समाज

तरकारी बजारमा सतर्कता

काठमाडौं- कोरोना संक्रमण फैलावटबाट बच्नका लागि तरकारी बजारहरुले पनि थप सर्तकता अपनाएका छन्। सरकारले लकडाउनको समयमा पनि तरकारी लगायतका अत्यावश्यक सामाग्रीका पलस खोल्न अनुमति दिएकाले बिहान सांझ सर्वसाधरणको तरकारी बजारमा भीड बढ्न थालेपछि बजार व्यवस्थापन समितिहरुले थप सर्तकता अपनाउन थालेका हुन्।

उनीहरुले कम्तिमा ३ फिट टाढा बस्नुपर्ने नियमलाई पालना गर्न गराउनका लागि तीन फिटको दुरीमा सेतो गोलो घेरा लगाएका छन्। तरकारी किन्न जाने सबैले सो गोलो घेरामा बसि तरकारी लिनुपर्ने हुन्छ। समाजकल्याण परिषद्द्धारा सञ्चालित काठमाडौंको  भृकुटीमण्डपस्थित  इच्छुमति कृषि तरकारी बजारमा प्रवेशद्धार र बाह्यद्धार भिन्ना भिन्नै बनाईएको छ।

एउटा गेटबाट प्रवेश गरेका ग्राहक सोहीगेटबाट फर्कन पाउने छैनन्। साथै तरकारी बजार व्यवस्थापन समितिले बनाएको सेतो गोलो घेराभन्दा बाहिर बस्न पाउने छैनन्। सांझ बिहान तरकारी किन्ने ग्राहकहरुको भीड अत्याधिक हुन थालेपछि सामाजिक दुरी कायम गराउनका लागि व्यवस्थापन समितिले निश्चित मापदण्ड बनाएको हो। धेरै भिड भएको अवस्थामा गेटमा नै सुरक्षा गार्डले ग्राहकलाई सडकमै दुरी कायम गरि लामवद्ध गराउनेछन्। तरकारी बजारको गेटमा सुरक्षाकर्मीले सुरक्षा सर्तकता सम्बन्धी सन्देश पनि प्रवाह गरिरहेका हुन्छन्।

प्रकाशित: १८ चैत्र २०७६ ०४:३० मंगलबार

तरकारी_बजार कोरोना_भाइरस लकडाउन