समाज

सञ्चार गृह र पत्रकारलाई राहतको प्याकेज ल्याउन प्रेस युनियनको माग

काठमाडौ- नेपाली कांग्रेस निकट नेपाल प्रेस युनिनयले लकडाउनको बेला सञ्चारमाध्यम तथा पत्रकारहरूलाई विशेष राहतको प्याकेज ल्याउन सरकासँग माग गरेको छ।

कोरना भाइरसको संक्रमण रोक्न सरकारले गरेको लक डाउनको कारण सञ्चारमाध्यम तथा पत्रकारहरू मर्कामा परेको बताउँदै मर्कामा परेका सञ्चारमाध्यम तथा पत्रकारहरूलाई राहतको प्याकेज ल्याइ विशेष आर्थिक योजना तथा राहतका कार्यक्रम घोषणा गर्न युनियनले माग गरेको छ।

प्रेस युनियका अध्यक्ष बद्री सिग्देलले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पत्रकारहरूकोलागि राहत तथा आर्थिक सहुलियतपूर्ण योजनाका कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।  उनले सञ्चारमाध्यमको नविकरण शूल्क र करमा छुट दिन समेत आग्रह गरेका छन्।

यी लगातयका विषयहरूलाई राहतको प्याकेजमा राख्न उनले सरकारको ध्यानाकर्षण गराएका छन्। साथै कार्यक्षेत्रमा खटिएका पत्रकारहरूकोलागि कोराना भाइरसको संक्रमणबाट जोगिन सुरक्षाकोलागि आवश्यक पर्ने सामाग्री तथा आाकस्मिक उद्धारका अन्य सामाग्रीहरू समेत तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। यस्तो अप्ठयारो स्थितिमा सत्य, तथ्य र आधिकारिक सूचना मात्र संकलन तथा सम्पेश्रण गर्न सिग्देलले  पत्रकारहरूलाई आग्रह गरेका छन्।

‘लक डाउनको बेला केही सञ्चारमाध्यम बन्द भएका छन् भने पत्रकारहरूलाई कठिनाइ को अवस्था भएको छ। केही पत्रकारहरूको रोजरोटी समेत खोसिने स्थिति आएको छ’सिग्देलले भने,‘यस्तो स्थितिमा सरकारले पत्रकारहरूसँग हातेमालो गर्दै राहतका प्याकेज घोषणा गर्न गर्न जरुरी छ।’ कोरना भाइरसको नियन्त्रण र रोकथामकोलागि सुरु गरिएको अभियानमा जिम्मेवारीपूर्ण भूमिका निभाउन पनि उनले पत्रकारहरूलाई आब्हान पनि गरेका छन्। 

 

 

प्रकाशित: १७ चैत्र २०७६ १३:०२ सोमबार

पत्रकार प्याकेज कोभिड_१९