समाज

सिद्धार्थ बैंकद्वारा १० लाख सहयोग

भैरहवा - सिद्धार्थ बैंक लिमिटेड प्रदेश नं ५ ले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारलाई १० लाख रुपैयाँ सहयोग गरेको छ।

शनिबार प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेललाई बैंकका प्रदेश नं ५ का प्रमुख सुशील नेपालले  १० लाख रुपैयाँको चेक हस्तातरण गरेका हुन। विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकारको पहललाई सहयोग पुराउने उद्देश्यले बैंकले रकम हस्तानतरण गरेको जनाएको छ।

बैंकले हस्तान्तरण गरेको चेक बुझ्ने क्रममा मुख्यमन्त्री पोखरेलले बैंकको प्रशंसा गर्दै देशमा परेको सङ्कटलाई सहयोग पुर्‍याउनु महान् कार्य भएको बताए। उनले कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकारले योजनाबद्धरूपमा काम गरिरहेकाले बैंक दिएको रकम पनि सही काममा सदुपयोग हुने भन्दै बैंकलाई धन्यवाद दिएका थिए। रासस 

प्रकाशित: १६ चैत्र २०७६ ०२:२७ आइतबार

सिदार्थ_बैंक कोरोना_भाइरस सङ्क्रमण