समाज

पीपिई मौज्दात रित्तिदै, तनावमा स्वास्थ्यकर्मी

नेपालगन्ज - कोरोना भाइरसलाई लक्षित गरेर विभिन्न स्थानमा क्वारेन्टाइन र अस्पतालमा आइसोलेसन कक्ष स्थापना गरिएको छ। स्थानीय स्तरबाट क्वारेन्टाइन र आइसोलेसनको ब्यवस्थापन गरिए पनि सरकारले केन्द्रबाट आवश्यक स्वास्थ्य सामाग्री पठाउन सकेको छैन। स्वास्थ्य सामाग्री नहुँदा चिकित्सक एवम् स्वास्थ्यकर्मी तनावमा छन्। 

भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर प्रकाश थापाले पिपिईको मौज्दात रित्तिसकेको बताए। ‘हामीसँग उपलब्ध रहेको पिपिई अबको दुई÷चार दिन मात्रै पुग्ला,’ उनले नागरिकसँग भने ‘केन्द्रतिर समन्वय त भइरहेकै छ, तर अहिलेसम्म आएको छैन, चाइनाबाट आएपछि मात्र पाइएला जस्तो छ।’ 

मोफसलका अस्पतालमै कोरोना भाइरसका संक्रमित फेला पर्न थालेपनि सरकारले अहिलेसम्म पर्याप्त स्वास्थ्य सामाग्री पठाउन नसकेको स्वास्थ्यकर्मीको गुनासो छ। पिपिई पर्याप्त मात्रामा नहुँदा स्वास्थ्यकर्मीकै स्वास्थ्य जोखिममा रहेको उनीहरु बताउँछन्। ‘कोरोना भाइरससँग लड्न हामीलाई सरकारले युद्ध मैदानमा पठाएको छ, तर बिना हतिहार युद्धमा जाँदा कसरी जित्न सकिएला र ?’ 

प्रकाशित: १५ चैत्र २०७६ १३:३१ शनिबार

काेराेना_भाइरस पिपिई