समाज

पानीको महसुल छुट

समितिले छुट दिएको सूचना ।

रोल्पा- रोल्पा सहरी खानेपानी उपभोक्ता तथा सरसफाई समितिले चैत महिनाको महसुल नलिने घोषणा गरेको छ। समितिका अनुसार कोरोना महामारी संक्रमणको रोकथामका लागि सरकारले लकडाउन गरेको अवस्थामा उपभोक्ताको सहुलियतका लागि यस्तो निर्णय गरिएको हो।

समिति अध्यक्ष लिलाधर आचार्यले एक सूचना जारी गर्दै साबिकको लिवाङ बजार खानेपानी उपभोक्ता तथा सरसफाई समिति मातहतमा रहेका उपभोक्तालाई महसुल छुट गरिएको जनाएका हुन्।

यो निर्णयपछि सदरमुकाम लिवाङ बजारका करिब ५ सय ५० उपभोक्ताले राहत पाउने अध्यक्ष आचार्यले बताए। लकडाउन भएसंगै स्थानीयहरुको नियमित आयश्रोत बन्द भएको छ भने दैनिक मजदुरी गरेर जीवन चलाउनेलाई झनै सकस परेको छ।
 

प्रकाशित: १५ चैत्र २०७६ ११:५० शनिबार

पानी महसुल_छुट लकडाउन