समाज

ताप्लेजुङबाट ३ पर्यटकको उद्वार

ताप्लेजुङ- विश्वको तेस्रो अग्लो शिखर कञ्चजंघा क्षेत्रको भ्रमण अवलोकनका लागि आएका ३ जना विदेशी पर्यटक र उनीहरुका गाईड (पथप्रदर्शक)लाई शनिबार ताप्लेजुङबाट उद्वार गरिएको छ।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार उद्वार गरिएका पर्यटकमा २ जना स्विस नागरिक र १ जना अष्ट्रेलियन नागरिक रहेका छन्। उनीहरुलाई सीता एअरको ट्विन अटर बिमानमार्फत ताप्लेजुङबाट काठमाडौ लगिएको हो। सोहि बिमानमा आएका माउन्टेन हेलिकोप्टरका चाकलले करिब सातादिन यता यहाँ रहेको हेलिकोप्टर पनि काठमाडौ लगेको प्रजिअ निरौलाले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयले शुक्रबारमात्रै सार्वजनिक सूचना जारी गर्दै अध्यागमनको प्रकृया पूरा गरी नेपाल भित्रिएका र ताप्लेजुङ जिल्लामा रहेका विदेशी नागरिकहरुलाई तत्काल प्रशासन कार्यालयमा सम्पर्क गर्न भनेको थियो।

प्रकाशित: १५ चैत्र २०७६ १०:१९ शनिबार

ताप्लेजुङ विदेशी_पर्यटक