समाज

माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

उदयपुर- उदयपुरका एक युवाको माछा मार्ने क्रममा विद्युतीय झट्का (करेन्ट) लागेर मृत्यु भएको छ। बुधबार दिउँसो स्थानीय खोलाको एक दहमा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक करेन्ट लाग्दा जिल्लाको त्रियुगा नगरपालिका २ खैजनपुरका २४ वर्षीय ज्योतिकुमार राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

माछा मार्दै गर्दा असावधानीवश करेन्ट लागेर गम्भीर घाइते भएका राईलाई स्थानीयहरुले उद्धार गरी उपचारका लागि गाईघाट सिभिल अस्पताल ल्याएका थिए। अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

दुई नाबालक सन्तान, श्रीमती र आमाबुबा रहेका मृतक केही महिनाअघि मात्र वैदेशिक रोजगारीबाट घर फर्केका थिए। मृतकको शव पोष्टर्माटम गरी आफन्तको जिम्मा लगाईसकिएको छ भने घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको वडाध्यक्ष घमानसिंह खत्रीले बताएका छन्।

प्रकाशित: १३ चैत्र २०७६ ०८:२३ बिहीबार

करेन्ट युवक मृत्यु