समाज

कोरोना नियन्त्रण कोषमा मुख्यमन्त्री र मन्त्रीबाट एक महिनाको तलब

फाइल तस्बिर : नागरिक

विराटनगर - प्रदेश नं १ सरकारले कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्नका लागि १० करोडको रुपैयाँ कोष खडा गर्ने  निर्णयपछि कोषमा रकम वृद्धि भइरहेको छ।

सो कोषमा मुख्यमन्त्रीसहित मन्त्री तथा राज्यमन्त्रीबाट पनि एकएक महिनाको तलब जम्मा गर्ने घोषणा भइसकेको छ।

कोषमा प्रदेश नं १ प्रमुख सोमनाथ अधिकारी‘प्यासी’, सभामुख प्रदीपकुमार भण्डारी र  उपसभामुख सरस्वती पोखरेलले एकएक महिनाको तलब जम्मा गर्ने घोषणापछि नेपाली काङ्ग्रेस संसदीय दल प्रदेश नं १ का २१ सांसदले पन्ध्रपन्ध्र दिनको तलब  जम्मा गर्ने निर्णय भएको सो दलका नेता राजीव कोइरालाले जानकारी दिए। रासस

प्रकाशित: १३ चैत्र २०७६ ०४:३० बिहीबार

कोभिड रोकथाम