समाज

काभ्रेमा लकडाउनको अटेरी गर्ने एक पक्राउ

काभ्रे- जिल्ला प्रहरी कार्यालय काभ्रेले लकडाउनमा अटेर गरेर चलाइएका सवारी नियन्त्रणमा लिएको छ। प्रहरीले एक व्यक्तिलाई समेत नियन्त्रणमा लिएको छ। लकडाउनको अटेर गर्ने ३३ वटा मोटरसाईकल, १ वटा बस र १ जनालाई नियन्त्रणमा लिई कारवाही शुरु गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविकुमार पौड्यालले जानकारी दिए।

प्रकाशित: १२ चैत्र २०७६ ०५:४७ बुधबार

लकडाउन कोरोना_भाइसर पक्राउ