समाज

११ हजार थान मास्क बरामद

श्री सर्जी इम्पेक्सबाट बरामद गरिएको मास्क । तस्बिर/नागरिक

विराटनगर- विराटनगरस्थित श्री सर्जी इम्पेक्सले लुकाइछिपाई राखेको ११ हजार थान मास्क बरामद भएको छ। विराटनगर महानगरपालिकाले आइतबार गरेको अनुगमनका क्रममा सर्जी इम्पेक्सले लुकाइछिपाई राखेको अवस्थामा ११ हजार ४ सय थान माक्स बरामद गरिएको विराटनगर महानगरपालिकाले जनाएको छ।

महानगरको टोलीलाई इम्पेक्सले मास्क छैन भनेपछि शंका लागेर गोदामको अनुगमन गर्दा लुकाइ राखेको अवस्थामा ११ हजार ४ सय थान माक्स र सेनिटाइजर बरामद भएको विराटनगर महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश कार्कीले जानकारी दिए। उनले मास्क लुकाएर कालोबजारी गर्ने श्री सर्जी इम्पेक्सलाई कानुन बमोजिम हदैसम्मको कारबाहीका लािग जिल्ला प्रशासन कार्यालयलाई सिफरिस गरिने स्पष्ट पारे ।
 

प्रकाशित: ९ चैत्र २०७६ १३:०८ आइतबार

मास्क_बरामद कालोबजारी