समाज

ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु

सर्लाही –  हरिवनमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ। शनिबार मध्यान्ह ना. ६ ख ५६४५ नम्बरको ट्रकले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु भएको हो।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ट्रकले हरिवन नगरपालिका–९, सुखेपोखरी पुल छेउमा ठक्कर दिँदा ५०÷५५ वर्षीय पैदल यात्रुको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

सनाखत हुन नसकेको मृतकको शव हरिवन स्थित नमूना अस्पतालमा राखिएको छ। ठक्कर दिने ट्रक चालकलाई ईलाका प्रहरी कार्यालय हरिवनले बोलाएको छ। 

प्रकाशित: ८ चैत्र २०७६ ०७:०० शनिबार

मृत्यु ट्रक_ठक्कर पैदल_यात्रु