समाज

दुई भारतीय पक्राउ

मकवानपुर – करिब १० लाख अवैध भारतीय रुपैयाँसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। भारतीय ९ लाख ९९ हजार रुपैयाँसहित प्रहरीले भारतीय बोलेरो चालक भारतको ओडिसा राज्यको बैरातपुर जिल्ला पैरासवका ३१ वर्षीय विजय चौधरी र पश्चिम बंगालको नहेटी, माउतपुरका ३८ वर्षीय शंकर सरकारलाई पक्राउ गरेको जानकारी दिएको छ। पूर्व–पश्चिम राजमार्गस्थित हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटेमा खटिएको प्रहरीले पश्चिम बंगालको डब्लुबि २३ इ २३३३ नम्बरको भारतीय गाडी चेक जाँच गर्दा उक्त अवैध भारतीय रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टिकाबहादुर कार्कीले जानकारी दिए। दुई सय, पाँच सय, हजार र दुई हजारको भारतिय नोट सहित उनीहरूलाई पक्राउ गरिएको उनको भनाइ छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको डिएसपी कार्कीको भनाइ छ।

प्रकाशित: ६ चैत्र २०७६ ०३:४७ बिहीबार

भारतीय पक्राउ