समाज

असिना पानीले दुई जनाको मृत्यु

अर्घाखाँची- अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ। शनिबार राति परेको अविरल बर्षापछि बढेको खोलाले बगाएर भूमिकास्थान नगरपालिका–९, ढिकुरा चरेपानीका ३८ वर्षीय सालिकबहादुर बलालको ज्यान गएको जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी प्रकाश खत्रीले जानकारी दिए। बढेको खोलामा पस्दा बगाएर बलालको मृत्यु भएको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

यस्तै, अर्घाखाँचीको शितगङ्गा नगरपालिका–१२ का १० वर्षीय विकास नेपालीको असिना लागेर ज्यान गएको छ। शनिबार दिउँसो घरबाट हिँडेका नेपालीको कुडुले जङ्गलमा आइतबार शव भेटिएको हो। असिनाले लागेर उनको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: २ चैत्र २०७६ १०:३० आइतबार

असिना_पानी मृत्यु