समाज

चट्याङ लागेर बैतडीमा बालिकाको मृत्यु

बैतडी- चट्याङ लागेर बैतडीमा एक बालिकाको मृत्यु भएको छ। शिवनाथ गाउँपालिका–२ टाँडीखर्ककी १२ वर्षीया निर्मला मडैको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

शनिबार दिउँसो करिब ४ बजे गाईगोरु चराएर घर फर्कदै गरेको अवस्थामा निर्मलालाई चट्याङ लागेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक अशोक पालले बताए। घरबाट करिब ६ सय मिटर पर रहेको जंगलमा चट्याङ  लागेर उनको मृत्यु भएको हो।
 

प्रकाशित: १ चैत्र २०७६ १४:०० शनिबार

चट्याङ बालिका