समाज

आफैले चलाएको बन्दुकको गोली लागेर घाइते

दैलेख– बाख्रा चराउन गएका एक जना स्थानीय बिहीबार दिउँसो जंगलमा आफूले बन्दुक पड्काउँदा घाइते भएका छन्। नौमुले गाउँपालिका–२ घर भएका ३२ वर्षका विर्खबहादुर शाहीले बन्दुक पड्काउँदा घाइते भएका हुन्।

बन्दुकले शाहीको खुट्टा र हातमा गोली लागेको जिल्ला प्रहरी कार्यालयमा निमित्ति प्रमुख नैनबहादुर सावतले बताए। अहिले जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेतमा लगिएको छ। स्थानीयले जंगलबाट उद्धार गरि बिहीबार नै जिल्ला अस्पताल ल्याएका थिए। थप उपचारका लागि शुक्रबार सुर्खेत लगिएको जनाइएको छ। शुक्रबार घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान गरेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: ३० फाल्गुन २०७६ ०९:१८ शुक्रबार

बन्दुक गोली