समाज

वृद्धभत्ताको विषयमा झगडा हुँदा छोराले गरे बुबाको हत्या

कपिलवस्तु- वृद्धभत्ताको विषयमा झगडा हुँदा कपिलवस्तुमा छोराले बुबाको हत्या गरेका छन्। शिवराज नगरपालिकामा–९ तुरुन्तपुरमा इँटाले हानेर छोराले आफ्नै बुबाको हत्या गरेका हुन्।

८० वर्षिय बुबा चन्द्रबहादुर जिसिलाई वृद्धभत्ताको विषयमा सोमबार साँझ ३२ वर्षिय छोरा बसन्तले प्रहार गरेको इँटाले ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए। हत्यापछि आरोपी बसन्त पक्राउ परेका थिए। घटनामा गम्भीर घाइते चन्द्रबहादुरको संजिवनि अस्पताल चन्द्रौटामा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक खरेलले बताए।

यस अघि पनि बुबा र छोराबीच वृद्धभत्ता र घरायसी बिवाद हुने गरेको थियो। सोमबार साँझ पनि मदिरा सेवन गरेका दुबैबीच झगडा भएको थियो। आक्रोसित बसन्तले आफ्नै बुबालाई इँटाले हिर्काएका थिए। घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खरेलले बताए।

प्रकाशित: २८ फाल्गुन २०७६ ०९:१९ बुधबार

वृद्धभत्ता झगडा हत्या