समाज

महिलामाथि तेजाब प्रहार

चन्द्रौटा- कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–१ महाराजगञ्जमा एक महिलामाथि तेजाब प्रहार गरिएको छ। तेजाब प्रहारबाट ५१ वर्षीया बेदमतीदेवी गुप्ता घाइते भएकी छन्। गुप्ताको अवस्था सामान्य रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए। महिलाको निधार र शरीरमा तेजाब लागेको छ।

तेजाब आक्रमणपछि घाइते गुप्ताको कपिलवस्तु जिल्ला अस्पतालमा उपचारपछि युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ। क्रिकेट ब्याडका विषयमा विवाद चल्दै गर्दा छिमेकी हरिनारायण वरईले तेजाब प्रहार गरेको बताइएको छ। वरईले क्रिकेट ब्याड भाचेपछि ब्याडको पैसा तिनुपर्ने भन्दै झगडा भएका बेला ब्याट्रिमा राख्ने तेजाब फालेका थिए। वरई ब्याट्री मर्मत गर्ने पसल सञ्चालन गर्छन्। प्रहरीले वरईको पसलबाट पाँच लिटर तेजाबसमेत बरामद गरेको छ।

तेजाब प्रहार गर्ने वरई प्रहरी नियन्त्रणमा रहेका छन्। उनलाई ज्यान मार्ने उद्योगअन्र्तगत मुद्दा दर्ता गरिएको छ।

प्रकाशित: २५ फाल्गुन २०७६ ०९:०९ आइतबार

महिला तेजा