समाज

मन्टेश्वरीका विद्यार्थी दिक्षित

सिन्धुली- यहाँको एक निजी विद्यालयले बालबालिकालाई दिक्षित गरेको छ। कमलामाई नगरपालिका-६ स्थित माढी बजारमा रहेको सिद्धस्थली अंग्रेजी आवासिय माध्यमिक विद्यालयले बालबालिकालाई दिक्षित गरेको हो।

विद्यालयले मन्टेश्वरीमा अध्ययनरत ६० जना बालबालिकालाई दिक्षित गरेको छ। उक्त बालबालिकाहरु अब मन्टेश्वरीको पढाई सकेर कक्षा एकमा पढ्न योग्य भएकाले विद्यालयले उनीहरुलाई सम्मान गर्दै दिक्षित गरेको हो।

विगत तीन वर्षदेखि सिन्धुलीमा मन्टेश्वरी शिक्षा प्रदान गर्दै आएको विद्यालयको यो तेश्रो दिक्षान्त कार्यक्रम गरेको विद्यालयका प्रिन्सिपल ओम प्रधानले जानकारी दिए। बालबालिकाको जग बलियो भएमात्रै विद्यार्थीको भविष्य बलियो हुने भएकाले विद्यार्थीलाई दिक्षित गरेर आकर्षित गर्नु राम्रो भएको नगरप्रमुख खड्गबहादुर खत्रीले बताए।

प्रकाशित: २५ फाल्गुन २०७६ ०९:५८ आइतबार

मन्टेश्वरी विद्यार्थी_दिक्षित