समाज

आफैँलाई गोली हान्दा एकजना सशस्त्र प्रहरी घाइते

काठमाडाैँ - सर्लाहीमा ड्युटीमा खटेका एक सशस्त्र प्रहरी जवानले आफैँलाई गोली हान्दा गम्भीर घाइते भएका छन्।

सशस्त्र प्रहरी बल  नं १० गण कविलासीमा कार्यरत करिब ३० वर्षीय आन्नद मिश्रा आफैँले बोकेको एसएलआरबाट  घाटीमा गोली हानी घाइते भएका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिए।

सर्लाही बलरा नगरपालिका निवासी घाइते मिश्राको जिल्ला अस्पताल मलङ्गवामा समान्य उपचार गरी थप उपचारका लागि वीरगञ्जमा पठाइएको र  घटनामा अनुसन्धान भइरहेको उनले बताए। रासस

प्रकाशित: २५ फाल्गुन २०७६ ०६:१५ आइतबार

प्रहरी घाइते