समाज

भेला सम्मेलन नगर्न प्रशासनको अनुरोध

वीरेन्द्रनगर– जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लामा कुनै प्रकारका सभा सम्मेलन, भेलालगायत भिडभाड हुन कार्यक्रम नगर्न अनुरोध गरेको छ। विश्वभरि फैलिँदै गएको कोरोना भाइरस सम्बन्धि सतर्कता अपाउन प्रशासनले यस्तो अनुरोध गरेको हो।

कोरोना भाइरसबाट हुन सक्ने संक्रमणको जोखिमबाट बच्न प्रशासनले यस्तो अनुरोध गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले बताए। भीडभाडबाट टाढा रहे मात्र पनि यसको संक्रमणबाट बच्न सकिने उनको भनाइ छ।

प्रकाशित: २४ फाल्गुन २०७६ १४:०२ शनिबार

भेला_सम्मेलन प्रशासन