समाज

बेवारिसे व्यक्तिको मृत्यु

रौतहट- रौतहटमा एक बेवारिसे व्यक्तिको मृत्यु भएको छ। रौतहटको गरुडा नगरपालिका-४ स्थित चपुर गौर सडक खण्डमा मागी खाई हिँड्ने करिब पचास वर्षिय पुरुषको मृत्यु भएको हो।

गरुडा प्रहरीले सडक छेउमा लडिरहेको अवस्थामा पुरुषको उद्धार गरी अस्पताल पुर्‍याएको थियो। उपचारकै क्रममा उक्त पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

मृतकको जिल्ला अस्पताल गौरमा पोस्टमार्टम गरिएको छ। नाम, थर, वतन तथा अन्य कुनै पनि पहिचान नखुलेको शवलाई जिल्ला अस्पताल गौरमा राखिएको र अन्य विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि रविराज खड्काले जानकारी गराएका छन्।

प्रकाशित: २४ फाल्गुन २०७६ १३:११ शनिबार

बेवारिसे_व्यक्ति मृत्यु