समाज

फरार अभियुक्त पक्राउ

लहान- हातहतियार खरखजाना तथा चोरी मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार रहेका दुई अभियुक्तलाई प्रहरीले आज पक्राउ गरेको छ। हातहतियार खरखजाना मुद्दामा अदालतबाट तीन वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना सजाय पाएर फरार सिरहाको मिर्चैया नगरपालिका–१२ सिक्रौन निवासी ४७ वर्षीय धनिकलाल कामतीलाई प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले घरबाटै कामतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। यस्तै चोरी मुद्दामा १८ हजार ५ सय रुपैयाँ जरिवानाको सजाय पाएर फरार सिरहाको भगवानपुर गाउँपालिका– १ निवासी २२ वर्षीय सरोजकुमार पासवानलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पेश गरिने प्रहरीले जनाएको छ।

प्रकाशित: २३ फाल्गुन २०७६ ०८:१८ शुक्रबार

फरार_अभियुक्त पक्राउ