समाज

डुबेर मृत्यु

फाइल तस्बिर /नागरिक

काठमाडाैँ - महोत्तरीको मटिहानी नगरपालिका–१ धिरापुरमा पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मटिहानी नगरपालिका–१ धिरापुर बस्ने राजदेव मण्डल खत्बेकी पत्नी ६० वर्षीया सुकमरियादेवी मण्डल खत्बे रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

बिहीबार साँझ गाउँ नजिकैको पोखरीको डिलमा घाँस काट्न गएकी खत्बेलाई छारे रोगले च्यापेपछि उनी सोही पोखरीमा खस्न जाँदा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ।

प्रकाशित: २३ फाल्गुन २०७६ ०६:३३ शुक्रबार

महोत्तरी मृत्यु पोखरी