समाज

२५ लाख घुस लिएको आरोपमा गाउँपालिका अध्यक्ष र वडाध्यक्षविरुद्ध मुद्दा दायर

काठमाडौं- जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर के.सी र सोही गाउँपालिका ५ का वडा अध्यक्ष राजबहादुर शाहीविरुद्ध भ्रष्टाचार आरोपमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

उनीहरुलाई २५ लाख ५० हजार विगो कायम गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ। उनीहरुले सेवाग्राहीसँग सडक निर्माण कार्यमा कमिसनबापत रकमको लागि बार्गेनिङ गरी पटक-पटक नगदै लिई, बैंक खातामा जम्मा गर्न, बिभिन्न होटलमा तिर्न र गाडी रिजर्भको भाडा तिर्न लगाई बिभिन्न बरबहानामा २५,५०,००० लिएको पुष्टि हुन आएको अख्तियारले जनाएको छ।

अख्तियारको सुर्खेतबाट गएको टोलीले जुनीचाँदे गाउँपालिकाका अध्यक्ष के.सी. र जनता आधारभुत विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर बस्नेतलाई आठ लाख घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।

अध्यक्ष के.सी. र प्रधानाध्यापक बस्नेतलाई बिगो ८ लाख कायम गरी अर्को मुद्दा समेत अख्तियारले दायर गरेको छ।

प्रकाशित: २२ फाल्गुन २०७६ १२:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App