समाज

लागुऔषधसहित दुई पक्राउ

इलाम– साढे ४ ग्राम लागऔषध ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलाम नगरपालिका–४ का २५ वर्षे रोशन राई र देउमाई नगरपालिका–९ का २० वर्षे विशाल सिवा रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरूलाई इलाम नगरपालिका–९ बाट पक्राउ गरिएको हो। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २२ फाल्गुन २०७६ १०:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App