समाज

प्रधानमन्त्रीलाई एक सातासम्म चिकित्सक बाहेक अरुले भेट्न नमिल्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपरण सफल भएपछि ‘आइसीयु’ मा सारिएको छ। बुधबार दिउँसो त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको हो।

प्रा डा.अरुण सायमीका अनुसार प्रधानमन्त्री ओलीलाई एक सातासम्म चिकित्सकको ‘अब्जरभेसन’ मा राखिनेछ।  ‘शल्यक्रिया पछि इन्फेक्सन हुने डर हुन्छ। उहाँलाई इन्फेक्सनबाट कन्ट्रोलको लागि औषधी चलाइएको छ’, डा. सायमीले नागरिकसँग भने’, कम्तीमा एक सातासम्म उहाँलाई कसैले पनि भेट्न पाउने छैन्। इन्फेन्सन भयो भने थप समस्या हुन्छ।’

शरिरका सबै मूख्य अंगले राम्रोसंग काम गरिरहेकाले अब आइसीयुमा राखेर उपचारलाई निरन्तरता दिइने समेत सायमीले बताए।

त्यस्तै मिर्गौला दिने समीक्षा संग्रौलाको अवस्था पनि सामान्य रहेको उनले जानकारी दिए। प्रधानमन्त्री ओलीको यस अघि २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

प्रकाशित: २१ फाल्गुन २०७६ १२:४९ बुधबार

प्रधानमन्त्री मिर्गौला प्रत्यारोपण