समाज

नेपालबाट फर्किएका स्पेनी नागरिकको कोरोना भाइरसका कारण मृत्यु

काठमाडाैं – नेपाल भ्रमण गरेर स्पेन फर्किएका एक स्पेनी नागरिकको कोरोना भाइरसका कारण निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम डेलीमेलले जनाएको छ।

नेपाल भ्रमण गरेर फर्किएका ती व्यक्तिको गत फेब्रुअरी १३ मा   कोरोनाभाइरसका कारण मृत्यु भएको  भालेन्सिया अस्पतालका स्वास्थ्यकर्मीले पुष्टि गरेका छन्। निमोनिया देखिएछि  अस्पताल भर्ना  भएका ती व्यक्तिको मृत्युको कारण खुलाइएको थिएन।
अस्पताललको अनुसन्धानबाट ती व्यक्तिको मृत्यु  कोरोनाभाइरसका कारण भएको  स्वास्थ्यकर्मीले पुष्टि गरेका छन्।

प्रकाशित: २१ फाल्गुन २०७६ ०४:०६ बुधबार

कोरोनाभाइरस मृत्यु