समाज

टिपर दुर्घटनामा चालकको मृत्यु

पाल्पा- पाल्पामा मंगलबार बिहान भएको टिपर दुर्घटनामा चालकको मृत्युु भएको छ। तानसेन तम्घास सडक खण्डको तिनलाँकुरी भन्ने स्थानमा भएको दुर्घटनामा चालक नवलपरासी सुनवल-३ का ३२ वर्षिय मधु मर्पाङ मगरको घटनास्थलमै मृत्यु भएको हो।

तानसेनबाट चुनढुङ्गा खानी सर्देवा जाँदै गरेको लु २ ख १८५४ नम्बको टिपर तानसेन नगरपालिका-५ मा दुर्घटनामा परेको हो। खाली टिपर सडकदेखि अन्दाजी ३ सय मिटर तल खस्दा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

प्रकाशित: २० फाल्गुन २०७६ ०८:०८ मंगलबार

टिपर_दुर्घटना मृत्यु