लहान – कातिक २१ गत्ते भारतीय झाँक्रीको हत्या गरी सिरहा नगरपालिका–१२ स्थित कमला नदीमा फालेर फरार भएका पाँचजनालाई प्रहरीले मंसिर २ गत्ते पक्राउ ग-यो। झाँक्री काम गर्दै आएका ४० वर्षीय भारतीय राजकुमार यादवको घाँटी रेटेर हत्या गरेको आरोपमा प्रहरीले धनगढीमाई नगरपालिका–१० बस्ने ३८ वर्षीय फुलगेन साह, उनका भतिज मिर्चैया नगरपालिका–४ बस्ने जितेन साह, १९ वर्षीय रामकुमार साह, धनुषा कमलामाई नगरपालिका–६ सरुवामडा बस्ने २५ वर्षीय अजय महतो र २१ वर्षीय राजलाल महतोलाई पक्राउ गरी कानुनी कारबाही प्रक्रिया अघि बढाएको छ।
त्यस्तै कृष्णपुर गाउँका दुईजनाको हत्या घटनामा अदालतबाट दोषी ठहर भई फरार रहेका सिरहा नगरपालिका–२० का ६८ वर्षीय हिरवा सहनीलाई १६ वर्षपछि प्रहरीले पक्राउ ग-यो। कर्तज्य ज्यानको एउटा मुद्दामा सहनीलाई अदालतले १० वर्ष र अर्कोमा २० वर्षको सजाय तोकेको थियो। २०४४ साल पुस १३ गते सिरहा कृष्णपुरका रामनाथ यादव र रामचन्द्र यादवलाई गोली हानी हत्या गरिएको थियो। हत्यामा संलग्न भएको भन्दै यादवद्वयका बुवाले सहनीविरुद्ध किटानी जाहेरी दिएका थिए। जिल्ला अदालत सिरहाले २०६० माघ २८ गते प्रतिवादी सहनीलाई १० वर्ष कैद सजाय सुनाएको थियो। सहनीविरुद्ध तत्कालीन सन्हैठा गाविस–२ का पाँचमहिने शिशुको हत्या गरेको अर्को मुद्दा पनि चलेको थियो। उतm मुद्दामा पनि २०६० माघ २८ गते अदालतले सहनीलाई दोषी ठहर गर्दै २० वर्ष कैद सजाय सुनायो। पक्राउ सहनीलाई सिरहा जिल्ला अदालतमा पेस गरी कैद भुक्तानका लागि जेल चलान गरिसकिएको जानकारी सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले दिए।
असुरक्षाका कारण विदेसिएका युवा घर फर्कन थाले, गाउँसहरको मुहार फेरिँदै
एसपी चतुर्वेदीले सिरहा प्रहरी प्रमुखको जिम्मेवारी समालेपछि जिल्लामा अपराध नियन्त्रण र फरार अपराधीको खोजी अभियान चलाइएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाको तथ्यांकअनुसार विभिन्न घटनामा संलग्न भई फरार भएका एक सय १० जना गत साउनयता पक्राउ परिसकेका छन्। अघिल्लो आर्थिक वर्षमा ९८ जना पक्राउ परेका थिए।
शान्तिसुरक्षा कायम गर्न प्रहरीले चलाएको अभियानबाट विभिन्न घटनामा संलग्न भई फरार भएका र समाजमा त्रास फैलाउँदै हिँड्ने धमाधम पक्राउ पर्न थालेको सर्वसाधारण बताउँछन्। प्रहरीको कठोर कारबाहीले समाजमा शान्तिसुरक्षा कायम भएको सुरक्षा मामलामा अतिसंवेदनशील ठानिएको सीमावर्ती हरकट्टी गाउँका वीरेन्द्र ठाकुरले बताए।
तत्कालीन माओवादी युद्धका बेलादेखि मधेस अशान्त थियो। माओवादी शान्ति प्रक्रियामा आएपछि पनि मधेस शान्त भएन। मधेसमा अरू नै सशस्त्र समूह जन्मिए। माओवादीबाट विद्रोह गरेर २०६१ साउन १० मा जयकृष्ण गोइतले जनतान्त्रिक तराई मुक्ति मोर्चा नामक सशस्त्र संगठन सञ्चालन गरेपछि मधेस पुनः अशान्त बन्यो। उक्त मोर्चाको नामबाट मधेसमा अपहरण, चन्दा, फिरौती, व्यक्ति हत्या यति बढ्यो कि गाउँघरबाट मधेसी नै पलायन हुन थाले। समयान्तरमा सशस्त्र समूहको गतिविधि मधेसमा केही कम भयो। तर आपराधिक प्रवृतिका व्यतिmहरु आवरण फेरेर मधेसलाई अशान्त बनाइरहे। पछिल्ला दिनमा सुरक्षा मामिलामा अतिसंवेदनशील ठानिएका यहाँका गाउँसहरका सर्वसाधारणको जनजीवन सामान्यतर्फ फर्किसकेको छ। सुरक्षा प्रत्याभूतिका कारण गाउँ–सहर शान्त बन्दै गएका छन। शान्ति सुरक्षाका कारण गाउँ बस्तीमा चहलपहल बढ्न थालेको छ।
आपराधिक गतिविधिको डरले गाउँ छाडेर पलायन भएका सर्वसाधारण आफ्नै थातथलो फर्किसकेका छन्। ‘सबै समुदायका मानिस पहिलेजस्तै मिलेर खुसीसाथ बसेका छौं,’ सीमावर्ती बरियारपट्टीका ८२ वर्षीय रासलाल यादवले भने्, ‘समाजमा भाइचाराको भावना बलियो बन्दै गएको छ। गाउँको सांस्कृतिक गठजोड पुरानै अवस्थामा फर्केको छ।’ आपराधिक समूहलाई निमिट्यान्न पार्ने प्रहरी–प्रशासनको इमानदार प्रयासकै कारण परिस्थिति बदलिएको यादव बताउँछन्।
समाजमा अपराध तथा हिंसा मच्याउने व्यक्तिलाई प्रहरीले पक्राउ ग-यो। संगठित आपराधिक घटनामा आबद्ध धेरैजसो व्यक्ति अहिले जेलमा छन्। कतिपय आपराधिक कर्म छाडेर वैदेशिक रोजगारीमा गइसकेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख चतुर्वेदी सिरहालगायत यस क्षेत्रमा संगठित आपराधिक गिरोहको सञ्जाल करिब–करिब ध्वस्त भइसकेको बताउँछन्। ‘हत्या, डकैती, चन्दा असुली, अपहरण र लागुऔषध ओसारपसार गर्ने अपराधीलाई पक्राउ गरेर जेलचलान गरेका छौं, यसबाट अपराधजन्य घटनामा कमी आएको छ,’ उनले भने।
आपराधिक समूहका कारण गाउँसहर असुरक्षित बन्दै गएका बेला सखुवानन्कारकट्टी–१ तामासुइँया टोलका गणेश साह वैदेशिक रोजगारीमा हिँडे। उनले मलेसिया र साउदीमा गरी ६ वर्ष बिताए। सात महिनाअघि उनी घर फर्के। गाउँमा शान्ति कायम भएपछि उनले वैदेशिक रोजगारीमा नफर्किने सोच बनाए। उनले भने, ‘टेम्पो किनेर भाडाँमा चलाउन थालेको छु। गाउँ सहर शान्त भएपछि रोजगारीको अवसर सिर्जना हुँदोरहेछ। पहिला अवसर भएर पनि वातावरण थिएन, अहिले वातावरण बनेको छ।’
विदेशबाट कमाएर ल्याएको एक लाख ८० हजार रुपैयाँ बुझाएर बाँकी रकम किस्ताबन्दीमा तिर्नेगरी उनले टेम्पो किनेका छन्। उनले पाँच लाख ६५ हजार रुपैयाँमा टेम्पो किनेका हुन्। ‘सात महिना भयो तामासुइँ–लहान टेम्पो गुडाउँन थालेको। दिनको १५ सयदेखि दुई हजार रुपैयाँसम्म कमाइ भैहाल्छ,’ उनले भने, ‘गाउँघरमै राम्रो कमाइ भएपछि किन विदेश जानुप¥यो र। पहिला जस्तो भयको वातावरण छैन। राति पनि ओहोरदोहोर गर्दा डर छैन।’
गाउँबाट सहर (लहान) सम्म) टेम्पो चल्न थालेपछि स्थानीयलाई पनि सजिलो भएको छ। स्थानीय बबिता यादवले भनिन, ‘गाउँमा शान्ति फर्किएपछि सहरसँगको दूरी पनि कम भएको छ।’ असुरक्षाका कारण विदेसिएका साहजस्तै अन्य युवा पनि घर फर्किएर स्वरोजगारमा लागेका छन्।
प्रकाशित: १९ फाल्गुन २०७६ ०३:१५ सोमबार