समाज

नेपाली सेनाको सुपथ मूल्य पसल

काठमाडौं- नेपाली सेनाले काठमाडौंको त्रिपुरेश्वरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। सैनिक कल्याणकारी योजना अतर्गत सेनाले वहालवाला सैनिक तथा अवकाश प्राप्त सैनिकले सेवा पाउने गरी आइतबारदेखि सहुलियत पसल सञ्चालनमा ल्याएको हो।

उक्त पसलबाट वहालवाला सैनिक र अवकाश प्राप्त सैनिकका आश्रीत परिवारले समेत सुविधा पाउने छन् । सहुलियत पसलको उद्घाटन प्रधनसेनापति पूर्णचन्द्र थापाले गरेका हुन्। नेपाली सेनाले सहुलियत पसलमार्फत बजार मूल्य भन्दा सस्तोमा दैनिक उपभोग्य सामाग्रीहरु उपलब्ध गराउने छ।

प्रकाशित: १८ फाल्गुन २०७६ १३:५१ आइतबार

नेपाली_सेना सुपथ_मूल्य_पसल