समाज

आठ वर्षपछि मोटरेबल पुल

ओखलढुंगा – ओखलढुंगा र रामेछापको सीमा सिरिसेमा लिखुनदीमा आठ वर्षअघि निर्माण थालेको मोटरेबल पुल सम्पन्न भएको छ। पुलको ठेक्का लागेको आठ वर्षपछि पुल निर्माण भएको हो। २०६८ सालमा कन्काई ओमबुद्ध जेभीले दुई वर्षमा पुलको काम सम्पन्न गर्नेगरी ठेक्का लिएको थियो। पाँच करोड ८६ लाख रुपैयाँमा तत्कालीन समयमा कामको जिम्मा लिए पनि पुल लामो समयदेखि अलपत्र परेको थियो।

निर्माण कम्पनीले कमिसनको चलखेलमा म्याद गुजारेको आरोप खेप्दै आएको थियो। ओखलढुंगाको टारकेराबारी र रामेछापको सिरिसे जोड्ने लिखुखोलाको पुल बन्दा यस क्षेत्रका नागरिकलाई सहज भएको छ। शुक्रबार पुलको उद्घाटन गरिएको छ। प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवार, प्रदेश सभा सदस्य तथा अर्थ समिति सभापति मोहन खड्का, पुर्व सभासद बालकृष्ण ढुंगेल, लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द पौडेललगायतको सहभागितामा पुलको उद्घाटन गरिएको हो। उद्घाटन कार्यक्रममा स्थानीयको पनि व्यापक सहभागिता थियो।

प्रकाशित: १८ फाल्गुन २०७६ ०२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App