समाज

विप्लवका दुई जना पूर्व जिल्ला सेक्रेटरी पक्राउ

भक्तपुर- भक्तपुरस्थित विभिन्न ठाउँंहरुमा नेपाल सरकारबाट प्रतिबन्धित नेकपा विप्लव समूहका दुई जना भक्तपुर जिल्लाका पूर्व जिल्ला सेक्रेटरीहरुलाई प्रहरीले पक्राउ गरेको छ। शंकास्पद गतिबिधिहरु गरिरहेको विशेष सूचनाको आधारमा खोजतलास गर्दा फेला पारी सोधपुछ गर्दा प्रहरी कर्मचारीहरुलाई गालीगलौच तथा अनावश्यक हैरानी दिने उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरुमा कालिकोट रुक्सा गाउँपालिका-४ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ७ निकोसेरा बस्ने भक्तपुरका पूर्व जिल्ला सेक्रेटरी वर्ष ३१ कुशल बोगटी र रोल्पा त्रिबेणी गाउँपालिका वडा नं. ५ जुगाँर घर भई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं २ बस्ने भक्तपुरका पूर्व जिल्ला सेक्रेटरी वर्ष ३७ को बुद्धिलाल पुन रहेको जनाइएको छ।

उनीहरुलाई कानुन बमोजिम पक्राउ गरी मुलुकी फौजदारी अपराध संहिता २०७६ को दफा ११८ बमोजिम अभद्र व्यवहारमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।  
 

प्रकाशित: १७ फाल्गुन २०७६ ०७:३९ शनिबार

विप्लव पूर्व_जिल्ला_सेक्रेटरी