समाज

२८४ बिघा जग्गा सरकारको स्वामित्वमा

काठमाडौं – सरकारले व्यक्तिका नाममा रहेको दुई सय ८४ जग्गा फिर्ता गरी नेपाल सरकारको नाममा कायम गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबार गरेको पत्रकार सम्मेलनमा मन्त्री पद्मा अर्यालले आफ्नो कार्यकालको दुई वर्षे अवधिमा भएको प्रगतिबारे जानकारी गराउने क्रममा उक्त जानकारी दिएकी हुन्।

नापीनक्सामा सरकारी रहेको, स्रेस्तासमेतमा रेकर्ड रहेको तर २०६४ सालमा व्यक्तिका नाममा ल्याइएको जग्गा सिमरा मालपोत कार्यालयबाट दर्ता बदर गरेको उनले जानकारी गराइन्। उक्त जग्गा २० बिघा रहेको नापी कार्यालय सिमराले जनाएको छ। पत्रकार सम्मेलनमा अर्यालले चाँडै नेपालको नयाँ नक्सा सार्वजनिक हुने बताए। यसका लागि नापी विभागको पनि प्राविधिक टिमसमेत उक्त कार्यमा क्रियाशील रहेको बताइन्। नयाँ नक्सा सार्वजनिक गर्ने काम अहिले अन्तिम चरणमा पुगेको पनि उनले जानकारी गराइन्। सगरमाथाको उचाइ मापन गर्ने कार्यको ९० प्रतिशत काम सम्पन्न भएको पनि उनले जानकारी गराइन्।

कार्यक्रममा मन्त्री अर्यालले कानुन ल्याएर सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने तयारी भएको जानकारी गराइन्। यसरी कानुन ल्याएर सुकमबासी र अव्यस्थित बसोबासीको समस्या सामधान गर्न लागेको यो पहिलोपटक भएको पनि उनले पत्रकार सम्मेलनमा बताइन्।

प्रकाशित: १७ फाल्गुन २०७६ ०२:१९ शनिबार

नेपाल_सरकार जग्गा स्वामित्व