समाज

काडमाडौंको वायुप्रदूषणको वरियतामा सुधार

काठमाडौं - विश्वका प्रदूषित सहरको सन् २०१९ को वार्षिक सूचीमा काठमाडौंले केही सुधार गरेको छ। सन् २०१८ मा विश्वकै प्रदूषित सहरमा काठमाडाैं १००औँ स्थानमा रहेकोमा सन २०१९ मा १३७ औँ मा झरेको छ। आइक्यु एयर एयर भिजुअलद्धारा वार्षिक रूपमा प्रकाशन गर्ने वल्र्ड एयर क्वाइलिटी प्रतिवेदनअनुसार काडमाडौंको हावाको पीएम २।५ को स्तर सन् २०१९ मा ४८ माइक्रोग्राम प्रति घनमिटर रहेकोछ यो सन २०१८ मा ५४.४ माइक्रोग्राम प्रति घनमिटर थियो।

आइक्यु एयरले विश्वका विभिन्न स्थानको जडान गरिएका वायुप्रदूषण मापनयन्त्रको तथ्यांकको आधारमा प्रतिवेदन तयार गर्दछ। प्रदूषण मापन गर्दा प्रतिघनमिटर वायुमा २।५ माक्रोमिटर तथा सोभन्दा सानो व्यास भएका शुक्ष्म कणहरूलाई पीएम २।५ रूपमा मापन गरिन्छ।

वल्र्ड एयर क्वाइलिटी रिपोर्टकाअनुसार नेपाल पीएम २।५ को हिसावले संसारका ८औ प्रदूषित मुलुकमा रहेकोछ। सन २०१९ मा नेपालको सरदर पीएम २।५ को स्तर ४४.५ रहेको रिपोर्टमा उल्लेख गरिएकोछ। रिपार्टले संसारका ३० अत्यन्त प्रदूषित सहरमा २१ वटा भारतमा रहेको देखाएकोछ।

यस्तै संसारका सबैभन्दा प्रदूषित ४० सहरमा ३० वटा दक्षिण एशियामा रहेका र सबैभन्दा प्रदूषित ५ मुलुकमध्ये ४ वटा दक्षिण एशियामा रहेकाछन। नेपालमा सन् २००२ देखि वायु प्रदूषण मापनका प्रयासहरु सुरु भएपनि सन् २०१७ देखि राजधानीमा ७ र बाहिर १३ गरी २० वटा वायु प्रदूषण मापन स्टेशनहरूले वायुको गुणस्तर मापन गर्दै आएका छन्। विश्व स्वास्थ संगठनका अनुसार विश्वका ९० प्रतिशत मानिस दूषित वायु भएको स्थानमा बस्छन् र यस कारण बर्सेनी ७२ लाख मानिसको मृत्यु हुने गर्दछ।

प्रकाशित: १६ फाल्गुन २०७६ ०२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App