समाज

तीन प्रहरी एआइजीमा बढुवा

काठमाडौं – नेपाल प्रहरीको रित्त रहेको प्रहरी नायव महानिरीक्षक (एआईजी) पदको लागि तीनजनाको नाम सफारिस गरिएको छ। गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिको सचिवालयले बिहीबार तारिणी लम्साल, शैलेश थापा क्षेत्री र हरि पालको नाम एआइजी पदका लागि सिफारिस गरेको हो।

गृहमन्त्रालयका अनुसार एक नम्बरमा लम्साल, दुई नम्बरमा थापा र तीन नम्बरमा पालको नाम सिफारिस भएको छ। नेपाल प्रहरीको एआइजीमा बढुवाका लागि ६ जना डिआइजीबीच प्रतिस्पर्धा थियो। डिआइजी सूर्य उपाध्याय, प्रद्युम्न कार्की र निरजबहादुर शाही प्रतिस्पर्धामा थिए। तर, पहिलो, दोस्रो र तेस्रो गरी वरियाताका आधारमा तीनजनालाई बढुवामा सिफारिस गरिएको बढुवा समितिको सचिवालयले जनाएको छ।

बढुवा सिफारिस भएका लम्साल आगामी असार २४ गते ३० बर्से सेवा अवधिका कारण अनिवार्य अवकाशमा जानेछन्। हालका प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीको कार्यकाल जम्मा ५ महिना बाँकी रहेकाले एआईजीमा सिफारिस भएका क्षेत्री र पालबीच भावी आइजीपी पदका लागि प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: १६ फाल्गुन २०७६ ०२:१४ शुक्रबार

नेपाल_प्रहरी बढुवा