समाज

पहिरोमा पुरीएर एकको मृत्यु, चार जना घाइते

पहिरो खसेको स्थान नवदुर्गा गाउँपालिका–२ बेडपानी ।

डडेल्धुरा- बिहीबार नवदुर्गा गाउँपालीकामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ। भने चार जना घाइते भएका छन्। पहिरो खस्दा नवदुर्गा गाउँपालिका–२ स्थित बेडपानीमा अमरघाट झोलुङ्गे पुलको फाउण्डेसनमा काम गरि रहेका श्रमिकको मृत्यु भएको हो। करिब ३० मिटरमाथिबाट पहिरो खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको हो।

झोलुङ्गे पुलको फाउण्डेसनमा काम गरि रहँदामाथिबाट सकेको पहिरामा पुरिएर वडा नं. २ बेडपानीका स्थानीय डम्मरे लुहारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। माथिबाट खसेको ढुङ्गा, माटोको ढिस्कोले मृतक लुहार करिब ३० मिटर तल खोलामा खसेका थिए।

घाइते हुनेहरुमा वडा नं २ कै स्थानीय ५० वर्षिय पतिराम भट्ट, ६६ वर्षिय टेकबहादुर साउंद, ४५ वर्षिय शिवराज भट्ट र ७० वर्षिय टिकाराम भट्ट रहेको प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताए। घाइते सबै वडा नं २ का स्थानीय रहेको प्रहरीले जनाएको छ।

पहिरो खसेको खबरपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बिरेन्द्रबहादुर बोहराको कमाण्डमा खटिई गएको प्रहरी टोलीले घटनास्थल पुगी घाइतेहरुको उद्धार गरेको थियो। मृतकको शव पोस्टमार्टम गर्न र घाइतेहरुको उपचारका लागि जिल्ला सदरमुकाम तुफानडाँडामा रहेको डडेल्धुरामा पुर्‍याएको उनले बताए।
 

 

प्रकाशित: १५ फाल्गुन २०७६ ११:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App