समाज

अवैध सुनसहित दुई पक्राउ

अवैध सुनसहित पक्राउ परेकाहरु ।

लहान- लहान नगरपालिका १९ छरापट्टीबाट अवैध सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने छरापट्टीका २१ वर्षिय मोहम्मद मुर्तुजा र २४ वर्षिय मोहम्मद मोतिउल रहमान छन्।

सूचना पछ्याउँदै ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको सादा पोशाकका प्रहरीले को ३८ प २६३२ नम्बरको मोटरसाइकलमा सवार मुर्तुजा र मोतिउलको शरीर तलास गर्दा चेप्टो टुक्रा बनाई लुकाई राखेको चार वटा टुक्रा बरामद भएको सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

बरामद सुन २३३ ग्राम(१९ तोला ९७ लाल) वजन मापन गरिएको छ। बरामद सुनको बजार मूल्य १५ लाख ५८ हजार ७९ रुपैयाँ अनुमान गरिएको छ। पक्राउ परेको दुबै जना, सुन र मोटरसाइकल अवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय ठाढीमा बुझाइएको चतुर्वेदीले बताए।

 

प्रकाशित: १३ फाल्गुन २०७६ १२:४६ मंगलबार

अवैध सुन पक्राउ