समाज

प्रधानाध्यापकविरुद्ध विशेष अदालतमा मुद्दा दायर

गोरखा- नेपाने माध्यामिक विद्यालय सिरानचोक गाउँपालिका-१ केराबारीका प्रधानाध्यापक शिवकुमार शाहलाई भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ।

छात्रवृत्ति, पोशाक, झोला खरिदका लागि प्राप्त अनुदान तथा शौचालय निर्माणका लागि प्राप्त रकमबाट काम नै नगरी हिनामिना गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ। झुटो कार्य सम्पन्न प्रतिवेदन तथा नापी किताब तयार गरी नेपाल सरकारबाट प्राप्त अनुदान रकम हिनामिना गरी हानिनोक्सानी गर्ने गराउने कार्यमा प्रत्यक्ष रुपमा संलग्न रहेको आरोप उनलाई लागेको छ।

उनीसँगै मिलेमतोमा शिक्षा विकास तथा समन्वय इकाई गोरखाका सव इञ्जिनियर विकास झाविरुद्ध दुई वटा शीर्षकमा मुद्दा दर्ता गरेको छ। उनीहरु तीन महिनादेखि अख्तियारको नियन्त्रणमा रहेका छन्।

 

 

प्रकाशित: ७ फाल्गुन २०७६ १२:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App