समाज

लागुऔषधसहित ३ जना पक्राउ

काठमाडौ- उदयपुर प्रहरीले खैरो हिरोइनलगायत बिभिन्न प्रतिबन्धित लागुऔषधसहित ३ युवालाई नियन्त्रणमा लिएको छ। मंगलबार राति ८ बजेर ३० मिनेमा सदरमुकामबाटै त्रियुगा-११ संगमटोलका १८ वर्षीय राहुल श्रेष्ठलाई २० ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

गाईघाट पिपलचोकस्थित पैदल यात्रामा रहेका राहुललाई जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले शंका लागि चेकजाँच गर्दा उनको साथबाट खैरो हिरोइन बरामद भएको हो। त्यस्तै मंगलबार राति नै ५४ थान बिभिन्न लागुऔषधसहित गाईघाटकै अन्य २ युवा पनि पक्राउ परेका छन्।

जिल्ला प्रहरीकै गस्तीले त्रियुगा-११ सिद्धार्थ टोलस्थित चेकजाँचको क्रममा त्रियुगा-११ का २२ वर्षीय प्रशान्त राई र त्रियुगा १२ का १८ वर्षीय रुपम लिम्बु लागऔषधसहित पक्राउ परेका हुन्। उनीहरुको साथबाट फेनारगन १९ एम्पुल (थान), डाईजेल्याप १७ एम्पुल, नोफिन १५ एम्पुल र लेबलविनाको औषधि ३ एम्पुल गरी ५४ थान अवैध लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ तीनै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए।

प्रकाशित: ७ फाल्गुन २०७६ ०९:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App